ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’


बागलुङ – सार्वजनिक भएको २४ घण्टामा गायकरसर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । ‘नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ’, सपुतले भने, ‘हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।’

 

प्रतिक्रिया