राष्ट्रिय सभा उपनिर्वाचनमा बादलसँग भिड्ने स्पर्धी खोज्दै कांग्रेस


काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका तर्फबाट तय भएका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध मैदानमा उतार्ने स्पर्धीको खोजी सुरु गरेको छ।

६ जेठका लागि तय भएको उपनिर्वाचनमा एमालेबाहेकका अन्य दलसँग सहकार्य गरी उम्मेदवार तयार गर्नका निम्ति कांग्रेसले आइतबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक तय भएको छ। सो क्रममा १४ औं महाधिवेशनका सन्दर्भमा पनि छलफल चल्ने बताइएको छ। बैठकमा सरकारको विकल्पको समीकरण तयार हुनुपर्ने सन्दर्भमा पनि परामर्श हुने एक नेताले बताए।

प्रतिक्रिया