चलचित्र ‘कबड्डी–४’को शुभमुहूर्त, असोज १५ मा ‘रिलिज टार्गेट’


काठमाडौं – नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को शुभमुहूर्त गरिएको छ । रामबाबु गुरुङको कथा तथा निर्देशन रहने चलचित्रको शुभमुहूर्त गरिएको हो ।

चलचित्र असोज १५ गते रिलिज गर्ने निर्माण पक्षले यस अगाडि नै घोषणा गरिसकेको छ । अन्य चलचित्रका लागि पनि कथा तयार रहे पनि अहिलेको असामन्य अवस्था र बजारका कारण ‘कबड्डी–४’ निर्माण गर्न लागिएको निर्देशक गुरुङले बताएका छन् ।

सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने स्वास्थ्य सुरक्षाको मापदण्ड जारी गरे पनि यतिबेला आधा दर्जनभन्दा धेरै चलचित्र छायांकनमा छन् ।

प्रतिक्रिया