रविले बोलाएको सर्वदलीय बैठक सुरु, पार्टी नेतृत्वका रवि र लिङ्देन मात्रै उपस्थित


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टींका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति/अध्यक्ष सहभागी भएका छैनन् ।

सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन् ।

प्रतिक्रिया