राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


काठमाडौं- संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्ने भएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

 

प्रतिक्रिया