डा. शेखर कोइरालाले गरे सरकारले विनियोजन गरेको २ करोड फिर्ता


काठमाडौं — नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा.कोइरालाले अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।

डा.कोइरालाले पत्रमा लेखेका छन्, ‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’

 

प्रतिक्रिया