
कांग्रेस पूर्वसभापति देउवा साउन २६ मा नेपाल आउँदै
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतले देउवा २६ गते स्वदेश आउने कार्यक्रम रहेको जनाए ।
उनी २६ गते राति ९ः४५ मा काठमाडौँ अवतरण गर्ने जनाइएको छ। देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए। चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।



कागजपत्र |
