चोरी भएका ४१ दुईपांग्रे सवारीधनीलाई ट्राफिक प्रहरीद्वारा फिर्ता


काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भई हराएका ४१ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ।

बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा पछिल्लो एक महिनाको अवधिमा फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार खोजतलासका क्रममा फेला परेका सवारीसाधन आवश्यक कानुनी प्रक्रिया पूरा गरी वास्तविक धनीलाई बुझाइएको हो।

आफ्नो हराएको सवारीसाधन पुनः प्राप्त गरेपछि सवारीधनीहरूले ट्राफिक प्रहरीको कार्यप्रति खुसी व्यक्त गर्दै खाँदा ओढाएर धन्यवाद ज्ञापन गरेका थिए।

ट्राफिक प्रहरीले चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया