ठमेलमा अश्लील क्रियाकलाप गर्दै पर्यटकलाई हैरानी दिने ९ विदेशी पक्राउ


काठमाडौं- काठमाडौंको ठमेल क्षेत्रबाट अश्लील क्रियाकलाप गरी पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, ती विदेशी नागरिकहरूले ठमेल क्षेत्रमा हिँडिरहेका पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकेर अश्लील क्रियाकलाप तथा मोलमोलाइमार्फत हैरानी दिने गरेका थिए।

सोही गतिविधिमा संलग्न रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया