बर्दघाटको वन क्षेत्रमा भरूवा बन्दुकसहित दुई जना पक्राउ


बर्दघाट- बर्दघाट नगरपालिका–४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एक नाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। उनीहरूबाट छर्रा र बारूद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिका–४ शिवशक्ति टोलका ४३ वर्षीय विजय पौडेल र बर्दघाट–२ चिसापानीका ५० वर्षीय बखत राना रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट एक थान एकनाले भरूवा बन्दुक, छर्रा र बारूद बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया