नागढुङ्गाबाट ब्राउनसुगरसहित महिला पक्राउ


काठमाडौं-  लागूऔषध ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छन्।

बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २ सय ६ ग्राम ब्राउनसुगरसहित झापाको बिर्तामोड नगरपालिका–४ निवासी ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा राईलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट २०६ ग्राम ब्राउनसुगर बरामद गरिएको हो। पक्राउ परेकी राईमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया