
जमलको नालीमा एसएलआर बन्दुकका ६ राउन्ड गोली फेला
काठमाडौं- काठमाडौं महानगरपालिका–२७ जमल क्षेत्रमा एसएलआर बन्दुकका लाइभ गोली फेला परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीबाट एसएलआर बन्दुकमा प्रयोग हुने ६ राउन्ड लाइभ गोली बरामद गरिएको हो ।
प्रहरीले घटनास्थलबाट चाचर २ पिस तथा एलएलआरको डमी गोली २ राउन्ड समेत फेला पारेको जनाएको छ ।
शंकास्पद अवस्थामा फेला परेका ती सामग्री कसरी त्यहाँ पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
