

कुलेश्वरमा एटीएम फोड्दै गरेको अवस्थामा खाँण पक्राउ

काठमाडौं – एटीएम फोडिरहेको अवस्थामा प्रहरीले कैलालीका युवकलाई पक्राउ गरेको छ ।
काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेका कैलालीका प्रज्वल खाणलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलाली टिकापुर नगरपालिका ९ घर भइ हाल काठमाडौं बानेश्वर बस्ने १७ वर्षीय खाणलाई बैंकको एटीएम फोडिरहेको अवस्थामा आइतबार राति प्रहरीले पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडदै गरेको अवस्थामा फेला पारेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए।
खाणले आफू विद्यार्थी भएकाे बताएका छन्। उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

