

कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत जोशीविरुद्ध मुद्धा

काठमाडौँ – भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग २४ हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा अधिकृत जोशीलाई सेवाग्राहीबाट २४ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा अधिकृत जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराईदिने क्रममा घुस लिएको पुष्टि हुन आएको आयोगका प्रवक्त नारायण प्रसाद रिसालले जनाएको छ ।
अधिकृत जोशीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा (३) को उपदफा (१) को देहाय (क) अनुसारको जरिवाना र कैद सजायको मागदाबी गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता रिसालले जनाएको छ ।

