
महावीरसँग विवाद भएपछि पक्राउ परेका विकास गुरुङ थुनामुक्त
पोखरा – सांसद महावीर पुनसँग किताब बेचिरहेको बेला प्रश्न सोध्दा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन्।
२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका सांसद पुनसँग भनाभन हुँदा आलोचना बढेपछि बुधबार प्रहरीले विकासलाई सोधपुछका लागि पक्राउ गरेको थियो। तथापि, सांसद महावीर स्वयं मुद्धा अघि बढाउन अनिच्छुक भएको कारण गुरुङलाई थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए।
एसपी कार्कीका अनुसार, “पूर्वमन्त्री तथा सांसदसँग सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाएका हौं। माननीयज्यूले गल्ती महसुस गर्नुभएकोले मुद्धा अघि बढाउन अनिच्छुक देखिनुभयो र त्यसपछि विकासलाई छाडिएको हो।”
गुरुङले बताएअनुसार, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीरसँग किताब बेच्दै गर्दा “सांसदको काम किताब बेच्ने हो कि होइन” भन्ने प्रश्न सोध्दा उनले रिस उठेर जवाफ दिएका थिए। विकासले भने, आफू रिस उठेर बोलेको भए पनि सांसदलाई अपमान गर्नु हुँदैन भन्ने महसुस गरेको छ।



कागजपत्र |
