
किशोरी साहको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजसम्बन्धी मुद्दा सर्वोच्च अदालतको ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। न्यायाधीश शारङ्ग सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मुद्दा यस सूचीमा राखेको हो।
निर्वाचन आयोगले १८ फागुनमा साहको उम्मेदवारी रद्द गरेको थियो। आयोगका अनुसार साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका थिए। यसपछि साहले सर्वोच्चमा रिट हालेका थिए र अदालतले बिहीबार कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो।
अन्तरिम आदेशसँगै रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कायम हुने बाटो खुलेको छ। आयोगले धनुषा–१ मा नेकपा उम्मेदवार मातृकाप्रसाद यादवलाई प्रमाणपत्र हस्तान्तरण गरिसकेको भए पनि निर्वाचन परिणाम घोषणा गरिएको थिएन।
निर्वाचन क्रममा मतदाताले साहलाई मतदान गरेका थिए। मतपरिणामअनुसार यादवले १०,४३०, कांग्रेसका रामपल्टन साहले ९,५०२ र एमालेका रामचन्द्र मण्डलले ९,३१५ मत प्राप्त गरेका थिए।



कागजपत्र |
