
ग्रिस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने युवक पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रिस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ बस्दै आएका २२ वर्षीय संयोग राईलाई मंगलबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार राईले ग्रिस पठाइदिने आश्वासन दिँदै तीन जना व्यक्तिबाट कुल २५ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
