पेप्सीकोलामा ‘बोता’को नयाँ आउटलेट


काठमाडौं – पेप्सीकोलामा उपत्यकाका मःम पारखीहरुको जिब्रोमा झुन्डिएको ‘बोता’को नयाँ ‘आउटलेट’ खुलेको छ । कोभिड—१९ को जोखिम रहेकै बेला पर्याप्त स्वास्थ्य सजगताका साथ सुरु गरिएको बोताको पेप्सीकोला आउटलेटको युवा नेता महेश बस्नेतले उद्घाटन गरेका थिए ।

पारिवारिक वातावरणलाई ध्यान दिँदै बच्चाहरुको लागि खेल्ने ठाउँको व्यवस्थासहित सञ्चालनमा ल्याइएको उक्त आउटलेटमा प्रसस्त पार्किङ र स्पेस रहेको छ । पेप्सीकोलाबाट सानोठिमीतिर जाने मूलसडकसँगै अवस्थित यस आउटलेट उपत्यकाकै उत्कृष्ट आउटलेट हुनसक्ने जनाइएको छ ।

नेपाली मःम पारखीका लागि छुट्टै स्वादसहित ब्रान्ड स्थापित गर्न सफल बोताको उपत्यकाभित्र र बाहिर गरी १५ भन्दा धेरै आउटलेट सञ्चालन भइसकेका छन् । भविष्यमा देशलगायत विदेशमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको बोताले ३ सय ५० भन्दा धेरै मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ भने १ हजार भन्दा धेरै परिवार अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सालको पातको बोतामा मःम दिइने गरि सञ्चालनमा ल्याइएको यस रेष्टुरेन्टमा प्रयोग हुने बोता भने नवलपरासीबाट ल्याइने जनाइएको छ ।

कोरोना महामारीका कारण सामान्य ढंगले सञ्चालन सुरु गरिएको उक्त कार्यक्रममा अभिनेता निश्चल बस्नेत, नायिका स्वस्तिमा खड्का, बोताका संस्थापक निभेन अमात्यलगायतको उपस्थिति थियो । 

करिब ६ अघि राजधानीको कुमारीपाटीमा पहिलो आउटलेट खोलेको बोताले नेपाली स्वाद पारखीहरुलाई छुट्टै स्वादसहित परम्परागत सालको पातबाट बनाइएको बोताको प्रयोग गरी मःम दिँदै आएको छ । विशेष गरी मःमलाई टार्गेट गरिएता पनि यस रेष्टुरेन्टमा मःमका साथै अन्य स्वादिस्ट परिकार पनि पाइने गरेको छ ।

स्थापनाको छोटो समयमा नै स्थापित बन्न सफल यसको प्रमुख कारण यसले दिने सेवा नै भएको जनाइएको छ । उपभोक्ताको स्वास्थ्यलाई प्रमुख ध्यानमा राख्दै गुणस्तरमा कुनै सम्झौता नगरिने जनाइएको छ । ६ वर्षअघि महाराजगन्जको बेरी एन्ड डेरी क्याफेबाट सुरू भएको एनपी ग्रुपले बोता चेन रेस्टुरेन्ट, बी एन्ड डी क्याफे, बी एन्ड डी बेकरी र मिल्कको आइसक्रिम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया