समिप इन्टरटेन्मेन्टको ‘लम्जुङ्गे बाजा’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – समिप इन्टरटेन्मेन्टको नयाँ म्युजिक भिडियो ‘लम्जुङ्गे बाजा’ सार्वजनिक भएको छ । नेपाली मौलिक सांगीतिक क्षेत्रमा नयाँ सिर्जना प्रस्तुत गर्दै आएको समिप इन्टरटेनमेन्ट प्रालिले आफ्नो नयाँ प्रस्तुती ‘लम्जुङ्गे बाजा’ बोलको अर्को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

लम्जुङको रमणिय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरुमा छयाँकंन गरिएको ‘लम्जुङ्गे बाजा’ बोलको पञ्चेबाजा गीतमा मोडल सुनील न्यौपाने र रीना गुरुङको अभिनय रहेको छ ।

गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर रहेको गीतमा न्यौपाने र गुरुङको अभिनयले प्रेम परम्परा र संस्कृतिको भावलाई जिवन्त बनाएको छ।

उक्त म्युजिक भिडियोको छायाँकन बिशाल थापाले गरेका हुन् भने अर्जुन बिसीको कोरियोग्राफ्री र बिभोर पोख्रेलको सम्पादन रहेका छन् ।

सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै तयार पारिएको यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँने समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले बताइन् ।

यस म्युजिक भिडियोले विशेषगरी नेपाली समुदायको सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको बर्तौलाको भनाई छ ।

दिलिप समनले निर्देशन गरेका म्युजिक भिडियो समिप इन्टरटेन्मेन्ट युट्यूब च्यानलबाट आज सार्बजनिक गरिएको छ।

समिप इन्टरटेनमेन्टले यसअघि ‘सुनकोशी बग्यो सलल…’, ‘ए दिदी भिनाजु खै’, ‘पान पुतली माया’, ‘टुङ्नाको धुन’, ‘मनको राजा’, ‘यु के लान्छु रेलीमै’ लगायतका म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया