काठमाडौंमा नक्कली सुन दिएर ठगी गर्ने चारजना पक्राउ


काठमाडौं – नेपाल प्रहरीले नक्कली सुनको प्रयोग गरी पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा सुनजस्तो देखिने धातुका डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका का ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिका का ५३ वर्षीय वीरबहादुर तामाङ र नवलपरासी देवचुली का ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, चारै जनालाई नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको आरोपमा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया