
आयोगमा लेखकको बयान– प्रदर्शनमा बल प्रयोगका लागि आदेश दिएको थिएन (पूर्णपाठ)
काठमाडौं – भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोग समक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेश गरेका छन्।
सोमबार आयोगमा उपस्थित भएका लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्। आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा उनले भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ‘कुनै हताहती नहोस् र संयमता अपनाउनू’ भनी निर्देशन दिएको उल्लेख गरेका छन्।
पूर्वमन्त्री लेखकले जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले हिंसात्मक बनाइएको दाबी गरेका छन्। उनले संसद् भवन, सर्वोच्च अदालत र आफ्नो निजी निवासमा भएको आगजनीलाई ‘सुनियोजित षड्यन्त्र’ र ‘लोकतन्त्रमाथिको आक्रमण’ भएको भनेका छन्।
घटनामा युवाहरूको ज्यान गएकोमा आफू मर्माहत भएको, आगजनीमा आफ्ना ऐतिहासिक दस्तावेज नष्ट भएको, र बिरामी आमालाई अक्सिजनबिना अस्पताल लैजाँदा मृत्यु भएको दुखद प्रसङ्ग पनि उनले बयानमा उल्लेख गरेका छन्।
लेखकले आयोगको सिफारिसमा सरकारले बिना जानकारी तीन महिनादेखि राहदानी रोक्का गरेको र काठमाडौँ उपत्यका बाहिर जान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएका छन्। उनले आफूलाई सफाइको अवसर नदिई गरिएको निर्णयलाई विधिको शासन र सुनुवाइको सिद्धान्त विपरीत ठहराएका छन्।
Skip to PDF content


कागजपत्र |
