
१०.५३ अंकले घट्यो सेयर बजार
काठमाडौं – आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार सुधारको संकेत देखिएको छ। आज बजार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा ओर्लिएको छ। यस अनुसार बजारमा ०.८८ प्रतिशतको गिरावट आएको छ।
आज विकास बैंक र म्युचुअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ। सबैभन्दा धेरै घाटा ‘अन्य’ उपसूचकका लगानीकर्ताले भोगेका छन्, जसले ०.८२ प्रतिशत गुमाएका छन्। सोमबार ३३७ धितोपत्रको ६९,५४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ।
आज बजारमा सबैभन्दा धेरै मूल्य वृद्धी एसवाई प्यानल नेपाल लिमिटेडको सेयरमा देखिएको छ, जसको मूल्य १० प्रतिशतले बढेर ८८० रुपैयाँ प्रतिकित्ता पुगेको छ। यससँगै ग्लोबल आइएमई समुन्नत योजना–२, कर्पोरेट विकास बैंक, सप्तकोशी विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकका सेयरको मूल्य पनि बढेको छ।
त्यस्तै, सबैभन्दा बढी घाटा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले व्यहोरेका छन्। यस धितोपत्रको मूल्य १० प्रतिशतले घटेर १४९६.१० रुपैयाँ कायम भएको छ। साथै, सुपर मादी हाइड्रो, मानुषी लघुवित्त, सन नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंकका सेयर मूल्यमा पनि गिरावट आएको छ।
धेरै कारोबार भएको धितोपत्र आज पनि एसवाई प्यानल लिमिटेड नै रहेको छ।



कागजपत्र |
