
अमेरिकन रिभल्भरसहित काठमाडौंबाट युवक पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका–१३ सोल्टिमोडबाट प्रहरीले एक युवकलाई अमेरिकन रिभल्भरसहित पक्राउ गरेको छ। पक्राउ परेका मकवानपुरको मनहरी गाउँपालिका घर भई सोल्टीमोडमै बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
गुरुङले लुकाइछिपाइ राखेको अवस्थामा अमेरिकन रिभल्भर फेला परेको प्रहरीले बताएको छ। उक्त रिभल्भर गत जेनजी प्रदर्शनका दौरान लुटिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ। तर, गुरुङले भने सो हतियार अर्का युवकसँग किनेको बयान दिएका छन्।
अनुसन्धानमा संलग्न अधिकृतहरूले समेत रिभल्भर प्रहरीकै एक युनिटमा अनुसन्धानको क्रममा जफत गरिएको वस्तु हुन सक्ने अनुमान गरेका छन्।
पक्राउ परेका गुरुङविरुद्ध यसअघि पनि अभद्र व्यवहार र चोरीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ।



कागजपत्र |
