
१४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं – सुनको मूल्य सोमबार थप १ हजार ४०० रुपैयाँले वृद्धि भएको छ ।
अघिल्लो दिन १ हजार ६०० रुपैयाँले बढ्दै २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज फेरि १ हजार ४०० रुपैयाँले बढेको हो ।
आज स्थानीय बजारमा छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढ्दै ३ हजार ५३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १५५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
