
जागिरबाट निकालेको भन्दै फ्याक्ट्रीका म्यानेजरको हत्या, दुईजना पक्राउ
बारा- प्रसौनी गाउँपालिका–६ भुलही चोकस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या प्रकरणमा उद्योगकै सवारी चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति उद्योगबाट केही पर राखिएको अवस्थामा धारिलो हतियारद्वारा हत्या गरिएका ५० वर्षीय सिंहको शव शुक्रबार बिहान भेटिएको थियो।
हत्यामा संलग्न २२ वर्षीय राजनकुमार राम (वीरगन्ज–२२ मनियारी) र ३२ वर्षीय प्रमोद साह तुराहा पक्राउ परेका छन्। उनीहरू भारततर्फ भाग्ने क्रममा पर्साको भिस्वा बजार नजिकबाट पक्राउ भएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार राजनकुमार उद्योगले तोकेको मूल्यभन्दा बढीमा पानी बिक्री गरी म्यानेजरसँग विवादमा थिए। यस विषयमा सिंहले उनलाई जागिरबाट हटाएपछि उनी आफ्ना साथी प्रमोदसँग मिलेर हत्या योजना बनाएका थिए। प्रहरीका अनुसार दुवैजनाले मदिरा सेवन गरी उद्योगमै हत्याको योजना तयार पारेका थिए।
पक्राउ परेका दुबैविरुद्ध बारा जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले भने अनुसार, राम र सिंहबीच झगडा ६ वर्षदेखि चलेको थियो।
अन्य विवरण अनुसन्धानको क्रममा खुल्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
