कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य


काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसमक्ष १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झा अर्धशतक प्रहार गर्नबाट एक रनले चुके । २२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ४९ रन प्रहार गरे । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

 

प्रतिक्रिया