
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश निकाल्दै बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको हो।
प्रसाईंका छोरा नीराजनले बिहीबार सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। तर अदालतले प्रसाईंलाई रिहा गर्न भने आदेश दिएको छैन। अदालतले चौबीस घण्टाभित्र उनलाई उपस्थित गराउन भनेको छ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं-उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।



कागजपत्र |
