
युवाहरूलाई संयमित हुन जेनजी अगुवा बमकाे आह्वान
काठमाडाैं- जेनजी अगुवा रक्षा बमले देशले अब कसैको पनि रगत सहन नसक्ने भन्दै युवाहरूलाई संयमित हुन आह्वान गरेकी छन्। उनले सामाजिक सञ्जालमा बिहीबार आफ्नो भनाइ राख्दै शान्ति कायम राख्नु जेनजीको जिम्मेवारी भएको बताए।
बमले लेखेकी छिन् , “साथीहरू, संयमित रहनुहोस्। हामीले धेरै विध्वंस र नरसंहार देखिसक्यौं। अब यो देशले कसैको पनि थोपा रगत सहन सक्दैन। हामी देशको वर्तमान र भविष्यका युवा हौँ। यस समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो।”
गत भदौ २३ गतेको घटनाका मृतक परिवारले न्याय पाउनु आवश्यक रहेको विषयमा बमले कुनै विमति नरहेको स्पष्ट पारिन् र यसको लागि जेनजीको आवाज सधैं एक रहेको बताइन्। उनले लेखेकी छिन् “तर साथीहरू, विद्रोहपछि विवेक आवश्यक हुन्छ। हिजो हामी सुशासनको लागि सडकमा आवाज उठायौं। राजनैतिक दलका अग्रज नेताहरू र युवाहरूले बुझून्– अहिले, नेपालले शान्ति चाहन्छ।”



कागजपत्र |
