सिमरामा फेरि कर्फ्यू


बारा-  बाराको सिमरामा बुधबार भएको झडपको प्रतिक्रियामा बिहीबार पनि तनाव जारी रहेको छ। बिहानैदेखि परिस्थिति संवेदनशील बन्दै गएपछि सिमरा चोकमा जेनजी समूहका युवाहरू प्रदर्शनमा उत्रिए, जसलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो। स्थिति थप जटिल हुन नदिन प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहान १२:४५ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको हो। उनले सुरक्षा जोखिम बढेकाले जनजीवन सुरक्षित राख्न कर्फ्यूको निर्णय गर्नुपरेको बताए।

बुधबारको झडपका क्रममा जेनजी समूहले आफूहरूमाथि कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै बिहीबार पुनः विरोध प्रदर्शन सुरु गरेका थिए। किटानी जाहेरी दिएअनुसार ६ जना आरोपितमध्ये प्रहरीले दुई जनालाई मात्र नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया