
इन्टरपोल रेड नोटिसमा रहेका आकाश कुशवाहा मलेसियामा पक्राउ
काठमाडौं – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोल रेड नोटिसमा परेका रौतहट कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहालाई मलेसियामा पक्राउ गरेर नेपाल ल्याइएकाे छ।
एनसिबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका कुशवाहालाई शनिबार नेपाल फिर्ता ल्याइएकाे हाे। उनी सो मुद्दामा संलग्न भई लामो समयदेखि फरार थिए।
नेपाल प्रहरीले खोजतलास तथा पक्राउका लागि गरेको अनुरोधपछि इन्टरपोल महासचिवालयले २०८० मंसिर २१ गते कुशवाहाविरुद्ध रेड नोटिस जारी गरेको थियो।
उनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट खटिएको प्रहरी टोलीलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।



कागजपत्र |
