जनकपुरले काठमाण्डूलाई दियो १३१ रनको लक्ष्य


काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा आएको जनकपुरले पूरा २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनाएको हो ।

जनकपुरका लागि ओपनर आसिफ शेखले अर्धशतक पारी खेले । ४१ बलमा ४ चौका र एक छक्काको मद्दतमा उनले ५४ रन जोडे । मयन यादवले ३३ रन बनाउँदा लाहिरु समरकुनले २२ रन जोडे । रूपेश सिंहले अन्तिम बलमा चौका प्रहार गरे ।

ओपनर लाहिरू मिलान्था ७ रनमा आउट हुँदा कप्तान अनिल साह डकआउट भए । जान निकोल लोफ्टी-इटन २, संजय कृष्णमूर्ति पनि २ रनमै आउट भए ।

गोर्खाजका मिलिन्द कुमारले एकै ओभरमा दुईसहित तीन विकेट लिए । कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले एक-एक विकेट लिए ।

प्रतिक्रिया