ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग


काठमाडौं – जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ। घिसिङको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत् खरिद सम्झौता भएको आरोप लगाउँदै संगठनले कठोर कदम चाल्न सरकारलाई आग्रह गरेको हो।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा प्रकाशित विज्ञप्तिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग गैरकानुनी रुपमा विद्युत् खरिद सम्झौता गरिएको दाबी गरिएको छ। सो सम्झौताले देशलाई करिब ४३ करोड रुपैयाँ नोक्सान हुने उल्लेख छ।

विज्ञप्तिअनुसार विद्युत् नियमन आयोगको स्वीकृति नलिएर, मन्त्री घिसिङ र प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा सम्झौता गरिएको तथ्य सार्वजनिक भइसकेको छ। जेनजी मुभमेन्टले यस कार्यलाई सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थविपरीतको निर्णय भनेको छ।

asdfgm-1762842789.jpg

प्रतिक्रिया