जेनजी आन्दोलनमा लुटिएको प्रहरीको पेस्तोल ६० हजारमा बेचिएपछि…


काठमाडौं-  जेनजी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल खरिद–बिक्रीमा संलग्न पाँचजना पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भूले पेस्तोल लुट्ने एकजना र त्यसको खरिद–बिक्रीमा संलग्न चारजनालाई पक्राउ गरेको हो। लुट्ने व्यक्ति धादिङ, धुनीबेँसी घर भएका २१ वर्षीय कृष्ण गुरुङ हुन्।

गुरुङले सो पेस्तोल ६० हजार रुपैयाँमा भगवानपाउ बस्ने राजन देउललाई बिक्री गरेका थिए। देउलले पेस्तोल तेस्रो व्यक्तिलाई बिक्री गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने अन्य व्यक्तिमा भारतीय नागरिक अकबर खान, बिजेश्वरीका सुमित शाक्य र बानेश्वरका प्रभात मल्ल छन्। पछिल्लोपटक मल्लले सो पेस्तोल खरिद गरेका थिए। प्रहरीले १५ वटा गोलीसहितको पेस्तोल बरामद गरेको छ।

 

प्रतिक्रिया