
वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन हुने
काठमाडौं- नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन हुने भएको छ। योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने उद्देश्यका साथ पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठन गर्ने निर्णय गरेकी हुन्। समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिव सदस्य सचिवको काम सम्हाल्ने छन्।
समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नु पर्नेछ। नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन्।
त्यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्नेछन्।



कागजपत्र |
