अभिनेत्री कैटरीना कैफलाई कोरोना भाइरस संक्रमण पुष्टि


मुम्बई – बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राम मार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म कोभिड १९ पोजिटीभ भएकी छु। मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु। र होम आइशोसन मै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउने छु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै मुम्बइमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गइरहेको छ । विगत केही दिनमै बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ ।

पछिल्लो समय बलिउड कलाकारहरु आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत ठूला कलाकारहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् उनीहरु आफूलाई आइशोलेसनमा राखेका छन् ।

प्रतिक्रिया