काठमाडाैंबाट भागेका कैदी रूपन्देहीबाट पक्राउ


बुटवल – भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार एक कैदी रुपन्देहीमा पक्राउ परेका छन्।

ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा -–६ गुलरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले लोनियालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको हो।

जेनजी आन्दोलनपछि तोडफोड र आगजनीका घटनामा काठमाडौँसहित देशभरका कारागारबाट कैदीबन्दी बाहिरिएका थिए।

हालसम्म पनि देशभर करिब ६ हजार कैदीबन्दी फरार अवस्थामा रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया