
सुन्धारा कारागारबाट भागेका दुई कैदी धुम्बाराहीमा पक्राउ
काठमाडौं- जेनजी आन्दोलनको अराजकता बीच सुन्धाराको केन्द्रीय कारागारबाट भागेका दुई कैदी अन्ततः प्रहरीको फन्दामा परेका छन्।
काभ्रे घर भएका ३२ वर्षीय सुमन लामा र ४२ वर्षीय पुरुषोत्तम धिताललाई प्रहरीले बुधबार काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।
सुमन लामालाई बलात्कार मुद्दामा अदालतले १३ वर्ष कैद सजाय सुनाएको थियो। उता धिताल भने सवारी ज्यान मुद्दामा ३ वर्ष कैद सजाय भोगिरहेका थिए। दुवैजना भदौ २४ गतेको जेनजी आन्दोलनका बेला कारागारमा सुरक्षा कमजोरी देखिएपछि भाग्न सफल भएका थिए।
प्रहरीले उनीहरूलाई फेरि सुन्धारा कारागारमै पठाउने तयारी गरिरहेको छ।



कागजपत्र |
