
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सबै अनलाइन सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
विभागले शुक्रबार जारी गरेको सूचनामा भाद्र २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएको उल्लेख छ। आगजनीका कारण प्रणालीमा समस्या आएपछि सेवाहरू अवरुद्ध भएको विभागले जनाएको छ।
यातायात व्यवस्था विभागका अनुसार सर्वरको मर्मत र सुधारको काम सकिएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी सबै अनलाइन सेवा पुनः सुचारु गरिनेछ। हालसम्म सेवाको सुरु हुने निश्चित समयबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।




कागजपत्र |
