
लुटिएका सामग्री नकिन्न उपत्यका प्रहरीकाे आग्रह, सूचना पाए खबर गर्न अनुरोध
काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जेन–जी आन्दोलनपछिका घटनामा लुटपाट भएका सुनचाँदीका गरगहना, ऐतिहासिक तथा पुरातात्विक वस्तु, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू बिक्री वितरण गर्ने कोही आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रहरीले सार्वजनिक सूचना जारी गर्दै मिति २०८२ भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा सरकारी कार्यालय, कारागार, बैंक तथा वित्तीय संस्था, निजी निवास, व्यापारिक भवन र पसलहरूमा तोडफोडसँगै बहुमूल्य सामग्री लुटिएको उल्लेख गरेको छ।
त्यस्ता सामग्री चोरी वा लुटपाट गरी बिक्री गर्ने वा खरिद गर्ने दुवै कार्य आपराधिक अपराध भएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षकको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, “लुटिएका सामग्री कोही कसैले बिक्री वितरण गर्न आएमा नकिन्नुहुन तथा त्यस्तो गतिविधि भइरहेको सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई खबर दिनुहुन अनुरोध गर्दछौं।”




कागजपत्र |
