नक्कली सुन बेच्न प्रयास गर्ने सोलुखुम्बुका युवक काठमाडौंमा पक्राउ


काठमाडौं – नक्कली सुनलाई सक्कली भनेर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ३३ वर्षीय लाक्पा शेर्पा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। प्राप्त सूचनाका आधारमा भदौ ६ गते गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरिद–बिक्री भइरहेको भन्ने खबर पाएपछि खटिएको टोलीले शेर्पालाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट १ किलो नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शेर्पालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया