११५ किलो बुद्धचित्तको दानासहित २ चिनियाँ पक्राउ


काठमाडौं – ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।

पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया