
रक्सी खाएका बाबुलाई छोरासहितले रातभरी रुखमा बाँधेपछि…
विराटनगर । झापा गाउँपालिकामा अत्यधिक मात्रामा रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ ।
रक्सी खाएर गाँउभरी हल्ला गर्दै हिँडेको भन्दै झापा गाउँपालिका–१ का जतन सोरेनलाई छिमेकीले आँपको रुखमा बाँधेका थिए ।
प्रहरीका अनुसार छिमेकी महादेव टुडुको घर छेउ पुगेर जतनले काम्दै हो–हल्ला गरेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका थिए ।
बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरिएको छ ।



कागजपत्र |
