
करेन्ट लागेर मृतअवस्थामा भेटियो गैंडा
चितवन – चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुर्लभ एकसिङे गैंडा मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको हो ।
गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ । चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले मृत्यु हुने यो नै पहिलो गैंडा हो ।
गत आर्थिक वर्ष २८ वटा गैंडा मृत फेला परेका थिए । तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो ।



कागजपत्र |
