सप्तरीमा हवाई फायर, खैरो हेरोइनसहित २ जना पक्राउ


काठमाडौं — प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्नका लागि प्रहरीले गोली चलाएको खुलेको छ ।

२०० ग्राम खैरो हेरोइनसहित बडिविरपुर-१ का विशाल राय र डाक्नेश्वरी-७ का मनोज रायलाई पक्राउ गरिएको जनाइएको छ ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया