कांग्रेस बरिष्ठ नेता डा. कोइराला स्याङ्जा जाँदै


स्याङ्जा — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला साउन २० गते (मंगलबार) स्याङ्जा जाने भएका छन् ।

संविधानसभा सदस्य तथा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा सहभागी हुन डा. कोइराला स्याङ्जा जान लागेको तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेलले जनाए ।

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको योजना र नेपाली कांग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा सिटिहल भिरकोटमा कार्यक्रम हुन लागेको उनले बताए ।

प्रतिक्रिया