
११ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं- नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सिफारिसमा परेका छन् ।
प्रहरी मुख्यालयस्थित बढुवा समितिले योग्य ठहरिएका ११ जना डीएसपीहरूको नाम एसपी पदका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिअनुसार सिफारिसमा परेका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।
यस निर्णयसँगै उनीहरू प्रहरी उपरीक्षक पदमा पदोन्नत हुने प्रक्रियामा प्रवेश गरेका छन् ।




कागजपत्र |
