पोखरामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

पोखरा- पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. खीमबहादुर खड्काले ७४ वर्षीया महिलाको कोरोना संक्रमण पुष्टि भई मृत्यु भएको जानकारी दिए । ‘उनी ८ दिनअघि संक्रमित भएकी थिइन् । हिजो उहाँको निधन भएको सूचना प्राप्त भएको छ,’ उनले भने ।

मृतक महिला चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् । अस्पताल प्रशासनका अनुसार उनलाई उच्च रक्तचाप (हाई ब्लड प्रेसर) र मधुमेह (डायबेटिज) समेत थियो । निर्देशक खड्काले भने, ‘उहाँमा अन्य दीर्घरोग पनि थिए । कोरोना संक्रमण पनि देखिएको हो, मृत्युमा त्यो एसोसियटेड (सम्बद्ध) हुन सक्छ । अन्य कारण पनि हुन सक्छन्, तर कोरोना संक्रमण पुष्टि भइसकेको छ ।’

स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकी प्रदेशमा कोरोना संक्रमण दर पुनः बढ्न थालेको छ । हाल प्रदेशभर आठ जना संक्रमित उपचाररत छन्, जसमा कास्कीमा ५, बागलुङमा २ र स्याङ्जामा १ जना रहेका छन् ।

प्रतिक्रिया