
दाङमा बाघको छालासहित तीन जना पक्राउ
दाङ- जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको छापामारीमा बाघको छाला ओखेटोपहार लुकाएर राखेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, लमही नगरपालिका क्षेत्रमा बाघको छाला किनबेच भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयको नेतृत्वमा प्रहरी टोली गएको थियो।
२२ गते राति करिब २ बजेतिर गढवा गाउँपालिका–६ खबरी निवासी बिक्रम बुढामगरको घरमा छापा मार्दा बिक्रमसँगै राजपुर–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी र वर्दियाको बारबर्दिया–४ का ३३ वर्षीय अनिल थारुलाई पक्राउ गरिएको छ।
प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान गरिरहेको र वन्यजन्तु संरक्षण ऐन अनुसार बाघको अवैध कारोबार गम्भीर अपराध ठानिएको जनाएको छ।



कागजपत्र |
