
झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु
झापा- झापाको कमल गाउँपालिका–४ मा विषालु सर्पले डस्दा १० वर्षीय बालक नवीन विकको मृत्यु भएको छ।
गएराति हजुरबुवासँगै भुइँमा सुतेका बालकलाई कालो गोमन जातको सर्पले खुट्टामा टोकेको थियो। सर्पको डसाइबाट गम्भीर घाइते भएका नवीनको घटनास्थलमै ज्यान गएको कमल–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
मृत्युपछि स्थानीयले घर वरिपरि खोजी गर्दा दुईवटा सर्प मारिएको बताइएको छ। नवीन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत थिए र आफ्ना हजुरबुवा–हजुरआमासँगै बस्दै आएका थिए। उनका पिता वैदेशिक रोजगारीमा रहेका छन्।



कागजपत्र |
