सप्तरीमा ७ लाख नगदसहित एक जना पक्राउ


सप्तरी — सप्तरीको बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सिराहा जिल्ला भगवानपुर गाउँपालिका–४ ठारी निवासी ५८ वर्षीय जगदिश यादव हुन्।

बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेर जाँच गर्ने क्रममा उक्त नगद रकम र एक थान मोबाइल बरामद गरेको हो। प्रहरीले यादवले प्रयोग गरेको म.प्र–०१–००४ प ७९८९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

हाल प्रहरीले यादवमाथि स्रोत नखुलेको रकमसम्बन्धी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया